Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले तिर्यो १ अर्ब २२ करोड कर

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, १७ : ४४ मा प्रकाशित

एनसेलले तिर्यो १ अर्ब २२ करोड कर

अर्थ संसार, काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रूपैयाँ कर तिरेको छ । कम्पनीले गत आइतबार अर्थात ७ गते उक्त रकम बराबरकाे कर बुझाएकाे हाे ।

यसैगरी, लकडाउनकाे अवधिमा आफुले तिरेकाे करले गर्दा सरकारलाई सहयोग पुग्ने कम्पनीकाे विश्वास रहेकाे छ ।

सरकारले जेठ २५ गतेसम्म कर बुझाउन निर्देशन दिएकाे थियो । जसकाे चाैतर्फी विराेध भएपश्चात म्याद थपेर असार ७ गतेसम्म पुर्याइएको थियो । सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिन भित्र कर तिर्न अन्तरिम आदेश दिएकाे छ ।

हाल केही समयदेखि लकडाउन खुकुलाे गरिएसँगै कर तिर्ने व्यवसायीहरूकाे क्रम पनि बढ्दै गइरहेकाे छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको