अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई १:०.३ काे अनुपातमा आजदेखि हकप्रद शेयर निष्कासन गरेकाे छ ।
कम्पनीले आफ्नाे १४ औँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि फागुन १३ गते, मंगलबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, फागुन १२ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज (असार १४ गते आइतबारबाट) साउन ४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैं तथा शाखा कार्यालयहरु, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
हकप्रदकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस