Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६ प्रतिशतले बढेपछि आजको शेयर कारोबार बन्द

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १३ : ०६ मा प्रकाशित

नेप्से ६ प्रतिशतले बढेपछि आजको शेयर कारोबार बन्द

अर्थ संसार, काठमाडौं – शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भइरहेको नेप्से सूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्चेन्जले आजको लागि शेयर कारोबार बन्द गरेकाे छ ।

यसअघि पनि नेप्से खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेर पहिलाे सर्किट र खुलेकाे १ घन्टा १७ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाइएकाे थियाे ।

शेयर बजार खुलेको दुइ घण्टामा नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको