Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्याे बसन्त !

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १३ : २५ मा प्रकाशित

शेयर बजारमा लाग्याे बसन्त !

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजारमा पनि बसन्त लागेझैँ भएकाे छ । दुई घण्टा खुलेकाे बजार प्राय जताततै हरियाे भएर बन्द भएकाे छ । 

शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भइरहेको नेप्से सूचक दुई घण्टामा ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्चेन्जले आजको लागि शेयर कारोबार बन्द गरेकाे हाे । यसअघि पनि नेप्से खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेर पहिलाे सर्किट र खुलेकाे १ घन्टा १७ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाइएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचक ७२.०५ अंकले बढेकाे छ । मंगलबार शेयर बजार ७२.०५ अंकले बढेर एक हजार २६०.७५ मा पुगेकाे छ । नेप्से ६.०६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १५.६३ अंकले बढेर २७१.९२ मा पुगेको छ ।

कूल १३४ वटा कम्पनीकाे ४ लाख ८९ हजार ५३७ कित्ता शेयर खरिदबिक्री हुँदा २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज २ वटा उपसमूहको शेयर घटेकाे छ भने १० वटा उपसमूहकाे शेयर बढेकाे छ ।

बैंकिङ ७३.७२ अंक, व्यापार ६५.७३ अंक,  विकास बैंक ६५.६६ अंक, जलविद्युत ३९.७७ अंक, फाइनान्स ४.९७ अंक, निर्जिवन लाइफ २९६.१५, उत्पादन १२२.१७ अंक, अन्य २३.९७ अंक, माइक्रोफाइनान्स ७७.७ अंक र लाइफ इन्स्योरेन्स ६३४.९८ अंकले बढेको छ ।

त्यस्तै, यता होटल ४७.८४ अंक र सामूहिक लगानी कोष समूह ०.०३ अंकले घटेकाे छ ।

यसैगरी, मंगलबार पनि हिमालयन डिष्टिलरीको सबैभन्दा बढी ३ करोड ६४ लाख ३८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको