Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तकाे बाेनस आइपुग्यो डिम्याट खातामा, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, ०६ : २० मा प्रकाशित

गुराँस लघुवित्तकाे बाेनस आइपुग्यो डिम्याट खातामा, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालेको छ ।

संस्थाकाे गत मंसिर १४ गते सम्पन्न भएकाे १४औँ वार्षिक साधारण सभाले पारित गरेकाे ७.६१२ प्रतिशत बोनस शेयर कार्तिक २६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बाेनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे बाेनस शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिने संस्थाले जनाएकाे छ ।

संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको