Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा 'पोजिटिभ सर्किट', ४० करोडको कारोबार

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, १३ : १० मा प्रकाशित

शेयर बजारमा 'पोजिटिभ सर्किट', ४० करोडको कारोबार

अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भएका कारण ‘पोजेटिभ सर्किट’ लागेपछि शेयर कारोबार स्थगित भएको छ ।

बजार खुलेकाे १ घण्टा २४ मिनेट जाँदा नेप्से सूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले आजको लागि शेयर कारोबार बन्द गरेकाे हाे । यसअघि पनि नेप्से खुलेको १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलाे सर्किट र ३५ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाइएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक ७५.७७ अंकले बढेकाे छ । बुधबार शेयर बजार ७५.७७ अंकले बढेर एक हजार ३३६.५२ मा पुगेकाे छ । नेप्से ६.०१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १५.१० अंकले बढेर २८७.०२ मा पुगेको छ ।

कूल १३५ वटा कम्पनीकाे ११ लाख १ हजार २ कित्ता शेयर खरिदबिक्री हुँदा ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज एउटा उपसमूहको शेयर घटेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर बढेकाे छ । 

बैंकिङ ८२.३ अंक, व्यापार ३३.४८ अंक,  विकास बैंक ५७.०६ अंक, जलविद्युत ३३.६७ अंक, फाइनान्स ४.७५ अंक, निर्जिवन लाइफ ३२२.४१, उत्पादन १०२.५७ अंक, अन्य २०.९४ अंक, माइक्रोफाइनान्स १०१.२३ अंक, लाइफ इन्स्योरेन्स ५४८.५३ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।

यता होटल भने ५.१५ अंकले घटेकाे छ ।

यसैगरी, बुधबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी ६ करोड ७६ लाख ९४ हजार ९३१ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

                  हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको