Like us!
Follow us!
Connect us!
Watch us!

बिमा समितिले गर्यो धितोमा ऋण लिन झनै कडाइ

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, ०९ : २७ मा प्रकाशित

बिमा समितिले गर्यो धितोमा ऋण लिन झनै कडाइ

अर्थ संसार, काठमाडौं – बिमा समितिले बिमालेख धितोमा राखी ऋण लिन पाउने व्यवस्थामा कडाइ गरेकाे छ । समितिले हिजाे (बुधबार) एक सूचना जारी गर्दै समर्पण मूल्य र बीमालेख धितो राखी ऋण लिने सम्बन्धमा नयाँ निर्देशन दिएकाे छ ।

समितिले अब उप्रान्त बिमालेख अन्तर्गत समर्पण मूल्य र बीमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ भएको मितिले २ वर्षपछि मात्रै बिमितलाई ऋण प्रदान गर्न जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

यसैगरी, एकल बिमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बिमालेखको हकमा भने बिमा प्रारम्भ भएको मितिले एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने समितिले जनाएकाे छ ।

समितिले प्रकाशन गरेकाे नयाँ निर्देशन यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको