Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ५ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, १५ : २४ मा प्रकाशित

नेप्सेमा यी ५ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक  एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ५ कम्पनीकाे शेयर सूचीकृत भएको छ ।

सृजना फाइनान्स कम्पनी लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, देव: विकास बैंक लिमिटेड र सानिमा माइ हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको नेप्सेले जनाएकाे छ ।

सृजना फाइनान्स कम्पनी लिमिटेडकाे ११ लाख ५ हजार ८ सय ७६ दशमलव ८० कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यसैगरी, नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३ लाख ८० हजार १ सय ७ दशमलव २० कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

त्यस्तै, सिन्धु विकास बैंक लिमिटेडकाे ५ लाख ७४ हजार २ सय ८७ दशमलव ५० कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यस्तै, देव: विकास बैंक लिमिटेडकाे ५० लाख ४० हजार ६ सय ८१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हाे ।

त्यसैगरी, सानिमा माइ हाईड्रोपावर कम्पनी लिमिटेडको २३ लाख २१ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको