अर्थ संसार, काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाइरहेको छ ।
कम्पनीको जेठ २३ गते शुक्रबार सम्पन्न भएकाे २४औँ वार्षिक साधारण सभाले पारित गरेसँगै ८ दशमलव १६ प्रतिशत नगद लाभांश (करसहित) गत चैत्र २४ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हाे ।
त्यसैगरी, साे मिति पश्चात बैंक खाता अद्यावधिक गराउने शेयरधनीहरुको नगद लाभांश पनि बैंक खातामै जम्मा गरिने भएकाले कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता तथा बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।
कम्पनीकाे शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस