अर्थ संसार, काठमाडौं- प्रभु बैंकले संस्थापक समूहको शेयर आजदेखि बिक्री खुल्ला भएको छ । प्रति शेयर १ सय अंकित दरको २८ लाख १० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको हो ।
शेयर खरिद गर्न इच्छुक साविकका संस्थापक शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेट लिन कबुल गरी गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।
न्यूनतम १ लाख कित्ता आवेदन दिनु पर्नेछ । आवेदन दिने अन्तिम मिति असार ५ गते रहेको छ । शेयरको न्यूनतम मुल्य प्रति शेयर १२२ तेािएका हुँदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।दोस्रो बजारमा प्रभु बैंकको प्रतिकित्ता शेयर २१८ रुपैयाँमा कारोबार भैरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस