अर्थ संसार, काठमाडौं – यस अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २१ गते, आइतबार) आफ्नो दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउन जटिल परिस्थितिका कारण सम्भव नरहेकोले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हाे ।
उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।
संचालनमा आएको छोटो अवधिमा नै कम्पनीले १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरू, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरू र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरूवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ ।
यसैगरी, कुनै पनि बीमा कम्पनीका लागि मेरूदण्डका रूपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउने उद्देश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्बन गरि २ लाख रूपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ ।
कम्पनीले Digital Insurance का साथै Digital प्रबिधिबाट बीमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।
हाल विश्वव्यापी रूपमा फैलिएको कोरना भाइरस ( कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आर्थिक वर्षको मिति २०७७।०३।२१ गते सम्म ८९ हजार ७ सय ५८ बीमालेख जारी गरी ८१ करोड ५७ लाख रूपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस