अर्थ संसार, काठमाडौं - आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७७ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे ।
हितग्राहीहरुले आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरूमा सम्पर्क राखी १७००००२०८९०१ खाता नम्बरमा भुक्तानी गर्न सक्नेछन् ।
तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।
मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस