अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बागलुङको निसिखोला गाउँपालिका- ३ का २९ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।
डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार गत असार १ गते भारतबाट आएका थिए । उनलाई असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखिएको थियो । क्षयारोगले पिडित रहेको उनकाे आइतबार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस