Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ३ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १४ : ३१ मा प्रकाशित

नेप्सेमा यी ३ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा (नेप्सेमा) आज फेरि तीन कम्पनीकाे बाेनस शेयर सूचीकृत भएको छ । उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे । यसअघि पनि आज नै नेप्सेमा एभरेष्ट बैंक लिमिटेडकाे ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचिकृत भएको थियाे ।

स्टकका अनुसार उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३ लाख ४० हजार ७ सय ४१ दशमलव ५० कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

 

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको