Like us!
Follow us!
Connect us!
Watch us!

चम्कियाे शेयर बजार, जताततै हरियाली

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १५ : ०६ मा प्रकाशित

चम्कियाे शेयर बजार, जताततै हरियाली

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार जताततै हरियाे भएर बन्द भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचक ३७.९३ अंकले बढेकाे छ । मंगलबार शेयर बजार ३७.९३ अंकले बढेर एक हजार ३३६.६६ मा पुगेकाे छ । नेप्से २.९२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अंकले बढेर २८२.५९ मा पुगेको छ ।

कूल १७८ वटा कम्पनीकाे २८ लाख ८३ हजार ९४८ कित्ता शेयर खरिदबिक्री हुँदा  १ अर्ब २१ करोड २४ लाख २६ हजार २ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहकाे शेयर बढेकाे छ । 

बैंकिङ २५.८३ अंक, व्यापार ३४.६१ अंक, होटल १२७.१ अंक, विकास बैंक ३४.८१ अंक, जलविद्युत २६.४९ अंक, फाइनान्स १९.०४ अंक, निर्जिवन लाइफ ३६५.४६, उत्पादन ४१.८३ अंक, अन्य २७.०५ अंक, माइक्रोफाइनान्स ७६.५५ अंक, लाइफ इन्स्योरेन्स १९८.३८ अंक र सामूहिक लगानी कोष समूह ०.१६ अंकले बढेको छ ।

त्यसैगरी, स्टकका अनुसार मंगलबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर काराेबार भएकाे छ । कम्पनीकाे ९ करोड १२ लाख ६७ हजार रूपैयाँ बराबरकाे कारोबार भएको हाे ।

हेराैं आजकाे शेयर तालिका :

h2>साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको