अर्थ संसार, काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । असार २८ गते काठमाडौंको म्यारियट, होटल, नक्साल, काठमाडौंमा विहान ११ बजे बोलाएको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७५ /७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने, अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण गर्ने र सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काषन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
त्यसै गरी कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्नेलगायतको प्रस्ताव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस