अर्थ संसार, काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाह्रौँ वार्षिक साधारण सभा आज (असार २९ गते, सोमबार) हुँदैछ ।
कम्पनीकाे असार ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीकाे फागुन २३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार शेयरधनीहरूलाई आर्थिक वर्ष २०७४/०७५ सम्मकाे सञ्चित मूनाफाबाट आर्थिक वर्ष २०७४/०७५ काे लागि हाल कायम चुक्ता पूँजीकाे १२.५ प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि असार १९ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस