Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीलाई जरूरी सूचना

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १० : ०६ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीलाई जरूरी सूचना

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट धमाधम नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले हिजाे (असार २९ गते, साेमबार) सम्पन्न भएकाे २६औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे ३.७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गराएको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गरेकाे छ ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

यस्तै, कम्पनीकाे शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको