Like us!
Follow us!
Connect us!
Watch us!
कुन शिर्षकमा कति करोड खर्च ?

प्राइम लाइफको सिइओले तलव /भत्ता लाखमा बुझ्दा, अन्य पदाधिकारीले बुझे ४ करोडमाथि

अर्थ संसार

बुधबार, ३१ असार २०७७, १९ : ३५ मा प्रकाशित

प्राइम लाइफको सिइओले तलव /भत्ता लाखमा बुझ्दा, अन्य पदाधिकारीले बुझे ४ करोडमाथि

अर्थ संसार, काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लागि आर्थिक वर्ष २०७४/ ७५ मा ८४ लाख ५० लाख ३७८ रुपैयाँ खर्च गरेको छ । बैंकको सिइओमा मनोज कुमार भट्टराई रहेका छन् । 

कम्पनीले  सिइओ भट्टराईलाई वार्षिक तलव  तथा भत्ता ६३ लाख ९१ हजार ७५० रुपौयाँ, कर्मचारी बोनस १५ लाख ६७ हजार १५३ रुपौयाँ, प्रचलित व्यवस्था अनुसारको सुविधा ३ लाख ५७ हजार ३५० रुपैयाँ, कार्यकारी प्रमुखको दुर्घटना बीमा १ लाख ३४ लाख १२५ रुपैयाँ गरी  कूल ८४ लाख ५० हजार ३७८ रुपैयाँ  खर्च गरेको छ ।

 बैंकले खर्च गरेको सवै रकम सिइओको खल्तीमा जादैन । आफ्नो केही पतिशत कम सरकारलाई कर तिरेको छन् । 

त्यसै गरी बैंकले उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई ४ करोड ७२ लाख ९१ ह्जार ७३२ रुपैयाँ खर्च गरेको छ । 

 त्यसैगरी  कर्मचारी खर्च १९ करोड २० लाख ५१ हजार ७५३ रुपैयाँ र कार्यालय सञ्चालन खर्च १८  करोड ४ लाख १४ हजार २६३ रुपैयाँ खर्च भएको छ । 

कम्पनीले  सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षलाई प्रतिबैठक ८ हजार, सदस्यहरुलाई प्रति बैठक ७ हजार गरी वर्षभरीमा  ४ लाख ४५ हजार रुपौयाँ खर्च गरेको छ । 

कम्पनीले लगानीकर्तालाई १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाको लागि नगद लाभांशसहित  दिएको छ । कम्पनीले  असार २९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

यो पनि पढ्नुहोस्

प्राइम लाइफको प्रस्तावित लाभांश साधारण सभाबाट पारित 

लाभांश पारितसँगै हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न 

शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न 

National Hydropower को AGM मा केहि संचालक सधैँ गायव किन ? | लाभांश खुवाउन नसक्दा शेयरधनीले भने यस्तो

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको