Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाई

निशा हुमाँगाई

विहीबार, ०१ साउन २०७७, १४ : १२ मा प्रकाशित

नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाई

अर्थ संसार, काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । कम्पनीकाे हिजाे (असार ३१ गते, बुधबार) बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । 

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको