Like us!
Follow us!
Connect us!
Watch us!

दिउँसो ३ बजे अजोडको आइपिओ बाँडफाँड !

अर्थ संसार

शुक्रबार, ०२ साउन २०७७, ०० : ०० मा प्रकाशित

दिउँसो ३ बजे अजोडको आइपिओ बाँडफाँड  !

अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेडले निकाशन गरेको साधारणस शेयर (आइपिओ) आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले   बिहीबार   प्रि अलोटमेन्ट  गरेको थियो ।  शुक्रबार दिउँसो ३ बजे क्यापिटलमा बाँडफाँडको कार्यक्रम तय भएको क्यापिटलले जनाएको छ। 

असार २५ गतेदेखि निश्कासन भएको आइपिओमा  कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६.६५ गुणा बढी हो । साउन १९ गते आवेदन दिन अन्तिम दिन रहेको थियो ।

नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ताको चलाखीपन ! 

अजोडको आइपीओमा कुल आवेदकको संख्या ५ लाख २ हजार २९८ जनना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २ लाख २९ हजार जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । बिक्री प्रबन्धकका अनुसार कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा सेयर पाउनेको संख्या सामान्य बढ्न भने सक्नेछ । 
 
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरीएको हो ।

अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको