अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार १४ गते, आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन अब दुई दिन मात्र बाँकी रहेकाे छ ।
कम्पनीले आफ्नाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।
काे-कसले भर्न मिल्छ ?
उक्त हकप्रद निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते बिहीबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो । तसर्थ, फागुन २१ गते बुधबारसम्म कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
असार १४ गते, आइतबारबाट निष्कासन गरिएकाे उक्त हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट भर्ने ?
एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा, गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुर शाखा तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस