Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, कतिले पाए शेयर ?

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, ११ : ३१ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, कतिले पाए शेयर ?

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड भएकाे छ ।

कम्पनीले १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर गत फागुन १८ गतेबाट असार १९ गते शुक्रबारसम्म खुल्ला गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ३ हजार २ सय ९५ जना शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हकप्रद शेयरमा बिक्री नभएकाे ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको