Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्याेरेन्सकाे हकप्रद सुरक्षित गर्नुभयाे ? आज अन्तिम माैका

निशा हुमाँगाई

आइतबार, ०४ साउन २०७७, ०७ : ०० मा प्रकाशित

शिखर इन्स्याेरेन्सकाे हकप्रद सुरक्षित गर्नुभयाे ? आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई १:०.३ काे अनुपातमा निष्कासन गरेकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (श्रावण ४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले आफ्नाे १४ औँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि फागुन १३ गते, मंगलबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, फागुन १२ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैं तथा शाखा कार्यालयहरु, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको