Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता र कहिले बाट ? (सूचनासहित)

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, ०७ : ४३ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता र कहिले बाट ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहकाे अवितरित हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ३ हजार २ सय ९५ जना शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे ।

यस्तै, उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको