Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

निशा हुमाँगाई

मंगलबार, ०६ साउन २०७७, ११ : ४३ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपकाे खातामा आज (श्रावण ६ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले संस्थागत मुद्दती निक्षेपमा ४.५० देखि ६.५० प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशत व्याज प्रदान गर्ने भएकाे छ ।

बैंकले ३ महिनादेखि ६ महिनासम्मको संस्थागत मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मकाे संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिकाे संस्थागत मुद्दती निक्षेपमा ६.५० प्रतिशत व्याज प्रदान गर्ने उक्त व्याजदरमा उल्लेख गरिएकाे छ ।

त्यसैगरी, बैंकले ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मकाे व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिकाे व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत व्याज दिने भएकाे छ ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको