Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार एकैदिन कोरोनालाई जितेर फर्किए थप ६०९ जना संक्रमित

निशा हुमाँगाई

मंगलबार, ०६ साउन २०७७, १६ : ४० मा प्रकाशित

मंगलबार एकैदिन कोरोनालाई जितेर फर्किए थप ६०९ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (मंगलबार) कोरोना भाइरसबाट संक्रमित थप ६०९ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ६०९ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । कुल संक्रमितमध्ये ६९.३४ प्रतिशत निको भएका छन् ।

त्यसैगरी, डा. जागेश्वर गौतमका अनुसार नेपालमा भाेजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ७ वटा जिल्ला कोरोना मुक्त भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको