Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १६ : ३६ मा प्रकाशित

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षिय चिनियाँ महिला रहेका छन् । धनुषाका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो भने चिनियाँ महिलाको भने काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएको हो । पोखरामा काम गर्ने मुटुको बिरामी उनलाई श्रावण २ गते पोखराबाट काठमाडौँ ल्याइएको थियाे । आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार बिहान मृत्यु भएको हाे ।

डा. जागेश्वर गाैतमका अनुसार पोखरामा कार्यरत उनकाे स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियाे । मणिपालले रेफर गरेपछि उनलाई साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियाे । कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरेको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको