Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, १६ : ३७ मा प्रकाशित

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार वीरगञ्ज ११,श्रीपुर, रानीघाटकी ८५ वर्षीय वृद्धाकाे मृत्यु भएकाे हाे । मुटुको दीर्घरोगी उनलाई निमोनिया भएका कारण वीरगञ्जकाे एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । साउन ७ गते, बुधबार कोरोना पुष्टि भएपछि नारायणी कोभिड अस्पताल सारिएकाे थियाे । उनको शुक्रबार बिहान नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको