Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनामुक्त भए ७०.५ प्रतिशत संक्रमित

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, १६ : ५६ मा प्रकाशित

कोरोनामुक्त भए ७०.५ प्रतिशत संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शुक्रबार) कोरोना भाइरसबाट संक्रमित थप १ सय ७ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ जना पुगेको छ । कोरोनामुक्त हुनेकाे संख्या ७०.५ प्रतिशत पुगेकाे हाे ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १ सय ७ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् ।

त्यसैगरी, नेपालका भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङसहित ६ जिल्ला कोरोनामुक्त भएका छन् । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको