Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आइपिओ तपाइको खातामा आयो ?

निशा हुमाँगाई

शनिबार, १० साउन २०७७, १८ : ४४ मा प्रकाशित

अजोड इन्स्योरेन्सको आइपिओ तपाइको खातामा आयो ?

अर्थ संसार, काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गते बिहीबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीकाे आइपिओलाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ‘एआईएल’ संकेत प्रदान गरेको छ । तसर्थ कम्पनीको शेयर मूल्यका लागि प्रि –ओपनिङ्ग रेञ्ज भने तोक्न बाँकी नै रहेको छ ।

साउन २ गते शुक्रबार बाँडफाँड गरिएकाे उक्त आइपिओमा २ लाख ७३ हजार जना लगानीकर्ताहरुले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी २ लाख ११ हजार ४ सय ९८ जना आवेदकको हात खाली भएको थियाे । 

इन्स्योरेन्सले निष्कासन गरेकाे आइपिओमा ५ लाख २ हजार २ सय ९८ जना लगानीकर्ताबाट १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६३ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेकाे थियाे । यो मागको तुलनामा ६.६५ गुणा बढी हो । जसमध्ये योग्य आवेदक भने ४ लाख ८४ हजार ४ सय ९८ जना रहेका थिए ।

कम्पनीले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको