अर्थ संसार, काठमाडौं - प्रभु बैंक लिमिटेडले श्रावण १९ गते साेमबारबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ ।
स्वरोजगार लघुवित्तले १ः१ प्रतिशत हकप्रद जारी गर्ने | जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने |SGM
बैंकले ८ वर्ष अवधिका लागि १० प्रतिशत व्याजदरमा ‘१० % प्रभु बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभु बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असार ३१ गते बुधबार नै अनुमति दिएकाे थियाे ।
त्यसैगरी, यस ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
श्रावण १९ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटाेमा श्रावण २३ गते शुक्रबार र ढिलाेमा भाद्र १ गते साेमबारसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडाैँ, प्रभु बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस