अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट सर्वसाधारण समूहकाे अवितरित हकप्रद शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हाे ।
उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज (साउन १२ गते) देखि साउन १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हाे ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ३ हजार २ सय ९५ जना शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलेप्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस