Like us!
Follow us!
Connect us!
Watch us!

सजिलो मेडसको कार्य सुरू हुँदै, के-के छन् फाइदा ?

निशा हुमाँगाई

सोमबार, १२ साउन २०७७, १७ : २९ मा प्रकाशित

सजिलो मेडसको कार्य सुरू हुँदै, के-के छन् फाइदा ?

अर्थ संसार, काठमाडौं – अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्राइभेट लिमिटेडले भाेलि श्रावण १३ गते मंगलबारबाट काठमाण्डौमा आफ्नो कार्य सञ्चालन गर्न गइरहेको छ ।

विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ्य परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको छ । पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाण्डौ भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।

यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाइन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम रहेको छ । कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई रहेका छन् ।

वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई  हेरेर सेवा पुर्‍याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको हो ।

त्यस्तै, विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाण्डौंका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्‍याउन सकिने प्रतिवद्धता कम्पनीले व्यक्त गरेकाे छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको