Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

मंगलबार, १३ साउन २०७७, १६ : ५३ मा प्रकाशित

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार बझाङकाे बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हाे । असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका उनकाे श्रावण ९ गते शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो । उनी दम रोगी पनि थिए ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको