अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) पनि अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर कारोबार नहुने भएकाे छ । हिजाे (मंगलबार) देखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत गरिएकाे भएपनि प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले हिजाे पनि कम्पनीकाे शेयर काराेबार भएकाे थिएन ।
शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार आज पनि प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले कारोबार हुन नसकेकाे हाे । नेप्सेमा शेयर सूचिकृत भएपश्चात पहिलो शेयर कारोबार खुल्दा प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ भएपछि मात्र लगानीकर्ताले शेयर कारोबार गर्न पाउछन् । त्यसैले अब भाेलि (बिहीबार) पनि कम्पनीकाे शेयर पुनः प्रि ओपनिङ्ग सेसनमा जानेछ ।
कम्पनीकाे १ कराेड कित्ता साधारण शेयर (आइपिओ) नेप्सेमा मंगलबार सूचिकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस