Like us!
Follow us!
Connect us!
Watch us!

थप २१० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, १६ : २१ मा प्रकाशित

थप २१० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १९ हजार २ सय ७३ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, उनका अनुसार बुधबार उपत्यकाका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये, काठमाडौंका १४ जना र भक्तपुरका १ जना रहेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको