अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजाे (श्रावण १३ गते, मंगलबार) बाट कारोबार हुने गरी सूचिकृत भएकाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर हालसम्म पनि कारोबार हुन सकेकाे छैन । साेही विषयमा बाेल्दै नेप्सेले एक विज्ञप्ति सार्वजनिक गरेकाे छ ।
स्टकका अनुसार नेप्सेमा सूचिकृत कुनैपनि नयाँ धिताेपत्रकाे पहिलाे काराेबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेकाे छ । उक्त सेसनमा काराेबार भइ ओपनिङ्ग मूल्य (प्राइस/Price) तय भएपछि मात्र उक्त धिताेपत्रकाे निरन्तर काराेबार सत्रमा काराेबार हुनेछ । साेही बमाेजिम अजोड इन्स्योरेन्सकाे हकमा पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएकाेमा साेही सिमा भित्र रही आदेश प्राप्त नभएकाले काराेबार हुन नसकेकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस