Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरका संचालक पाण्डेको आग्रह : हरेक वर्ष लाभांश दिन्छौं, आइपिओ भर्नुहोस्

शुक्रबार, १६ साउन २०७७, ०० : ०१ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरका संचालक पाण्डेको आग्रह : हरेक वर्ष लाभांश दिन्छौं, आइपिओ भर्नुहोस्

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड गैर आवसिय नेपालीहरुको लगानीमा २०१२ सालमा स्थापना भएको संस्था हो । यसको उद्देश्य भनेको विदेशमा भएका पैसा र सीपलाई उपयोग गरी नेपलाको विकास गर्नु हो । २०१२ सालमा देशमा चरम लोडसेडिङ हुँदा राज्यको आवश्यकता हाइड्रो भएको र प्रतिफल पनि राम्रो हुने भएकाले त्यतिखेरदेखि यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर अगाडि बढेका हो ।  

यो हाइड्रो पावर कम्पनी होइन् ।  लगानीलाई विविधिकरण गर्नुको साथै राष्ट्रिय आवश्यकताको क्षेत्रलाई पहिचान गरी लगानी गर्नेछ । यो इन्भेष्टमेन्ट कम्पनी हो । संयोग भनौ, त्यतिखेर नेपालमा बिजुलीको अभाव भएको हुँदा हामीले हाइड्रोमा लगानी सरुवात मात्र गरेका हौं । अन्य क्षेत्रमा पनि लगानी गर्नेछौँ । 

NRN Infrastructure & Development हाइड्रो मात्र बनाउने कम्पनी होइन|#bizchat with Krishna Psd Pandey

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड एउटा नमूना कम्पनी हो । लगानी विविधिकरण गरी लगानी गर्नेछ ।  विदेशमा बसेका साथिहरुको पैसा  र सीपबाट संचालित कम्पनी हो । कार्यक्षेत्रको हिसावले बृहत छ । आजको दिनसम्म आइपुग्दा हामीले ४ वटा जलविद्युत आयोजनामा लगानी गरेका छौँ ।  एउटा आयोजना अबको ३ महिनामा निर्माण सम्पन्न गरी संचालनमा आउने छ भने बाँकी ३ वटा आयोजना २ बर्षभित्र सम्पन्न गरी संचालनमा आउनेछन् ।

लगानीकर्ताले  कुनै पनि हाइड्रो वा इन्फ्रास्टक्चरमा लगानी गरेपछि आउने २ वर्षमा प्रतिफल ग्यारेन्टी हुने संस्था छ भने त्यो एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड । ४ ओटा हाइड्रोको आम्दानी ग्यारेन्टी हुँदा यो वर्षदेखि नै न्यूनतम प्रतिफल दिने सोच कम्पनीले बनाइसकेका छ भने आउने २/ ३ वर्षमा  ३२ -३५ प्रतिशत लाभांश दिने आधार देखेका छौँ । 

कम्पनीले आइपिओ निश्कासन गर्नु भनेका लगानीकर्ताको लागि एउटा विश्वास हो । त्यसमा पनि कम्पनीको इन्फ्रास्टक्चर र वित्तिय विवरण विश्लेषण गर्नु एउटा सजक लगानीकर्ताको जिम्मेवारी हो । 

दोस्रो बजारमा हाइड्रोसँगै सवै कम्पनीहरुको शेयर मूल्य घटेका छ । त्यसमा पनि हाइड्रोको शेयर मूल्य कम हो । तर, राम्रो हाइड्रोपावर कम्पनी छन् । पछिल्लो समय बजारमा हाइड्रोप्रति जुन अफवाह फैलिएका छन् त्यसलाई लगानीकर्ताले कम्पनीको आय व्याय, वित्तिय विरण हेरेर मुल्याङकन गर्नुपर्छ  । 

NRN Infrastructure and Development को IPO को सम्पूर्ण जानकारी || कति दिने आवेदन ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड आफैमा युनिक कम्पनी हो । हामी लगानीलाई विविधिकरण  गर्ने भएको हुँदा यसको विशेष किसिमको विशेषता छ । यो नेचरको कम्पनी भनेको डिफ्रेन्स बास्केटमा लगानी गर्ने र डिफ्रेन्स हिसावले आम्दानी गर्ने पोर्टफोलियो  सवै भन्दा राम्रो हो ।  आरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड उत्कृष्ट कम्पनी हो । त्यसैले ढुक्क भएर लगानी गर्नुहास्, प्रतिफल हामी दिन्छौँ । 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको