पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एकआपसमा गाभिएर (मर्ज भई) यही असार २६ गतेदेखि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
मर्जरपछि बन्ने एकीकृत संस्थाको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ भने सम्झौता बमोजिम समृद्धि फाइनान्सको सम्पूर्ण सम्पत्ति र दायित्व पोखरा फाइनान्सले सकार्नेछ। एकीकृत कारोबारको अन्तिम तयारीका लागि असार २५ गते एक दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने असार २६ गतेदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रोक्का रहने जानकारी दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस