Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार एकैदिन उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १६ : ४६ मा प्रकाशित

बिहीबार एकैदिन उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

 अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

बिहीबार काठमाडौं उपत्यकासहित देशभर थप २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको डा. जागेश्वर गाैतमले बताएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको