Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १७ : ०५ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा मोरङका १ जना र पर्साका २ जना रहेका छन् ।

निरन्तर भारत आवजावत गरिरहने मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएकाले धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको उनकाेअस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा निधन भएको हो । 

यसैगरी, मुटु र मधुमेह रोगका बिरामी पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।

त्यस्तै, साउन ७ गते कोरोना पुष्टि भएका पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि उपचारकै क्रममा निधन भएको छ । उनी मृगौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको