Like us!
Follow us!
Connect us!
Watch us!

१९ वटा कम्पनीको आइपिओ पाइपलाइनमा, कुनको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १७ : २९ मा प्रकाशित

१९ वटा कम्पनीको आइपिओ पाइपलाइनमा, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाली शेयर बजारमा पछिल्लाे समय धमाधम साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री भइरहेका छन् । आइपिओकै बारेमा कुरा गर्दा हाल विभिन्न १९ वटा कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण शेयर (आइपिओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

हाइड्रो मात्र बनाउने कम्पनी होइन,लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

१९ वटा कम्पनीमध्ये सबैभन्दा धेरै आइपिओ मध्यभोटेकोशी जलविद्युत् कम्पनीले निष्कासन गर्दैछ । कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

आइपिओ स्वीकृतिका लागि सेबोनमा पाइपलाइनमा रहेका १९ वटा कम्पनीहरू यस प्रकारका छन् :

१. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

२. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

३. रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड

रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

४. डिस मिडिया नेटवर्क लिमिटेड

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे । उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई  क्यापिटल  लिमिटेडले गर्नेछ ।

५. शुभम पावर लिमिटेड

शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

६. इमर्जिङ्ग नेपाल लिमिटेड

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । 

७. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

८. तेह्रथुम पावर कम्पनी लिमिटेड 

तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

९. चन्द्रागिरी हिल्स लिमिटेड

चन्द्रागिरी हिल्स लिमिटेडले १०० रुपैयाँ दरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि जेठ २५ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ५ गते शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

११. सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

१२. सिबिआइएल क्यापिटल लिमिटेड

सिबिआइएल क्यापिटल लिमिटेडले ३ कराेड रूपैयाँ बराबरकाे ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

१३. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१४. माउण्टेन इनर्जी नेपाल लिमिटेड 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रूपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

१५. ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१६. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड 

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदाै २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१७. समाज लघुवित्त वित्तीय संस्था लिमिटेड

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रूपैयाँ बराबरकाे ८६ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१८. मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१९. रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

NRN Infrastructure and Development को IPO को सम्पूर्ण जानकारी || कति दिने आवेदन ?

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको