Like us!
Follow us!
Connect us!
Watch us!

भर्ने होइन एनआरएन इन्फ्रास्टक्चरको आइपिओ ? आजबाट खुल्ला,कति गर्ने त लगानी ? (विवरणसहित)

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, ०६ : ०६ मा प्रकाशित

भर्ने होइन एनआरएन इन्फ्रास्टक्चरको आइपिओ ? आजबाट खुल्ला,कति गर्ने त लगानी ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आज (साउन १६ गते, शुक्रबार) बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गर्नेछ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

 

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१  लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा साउन २१ गतेसम्म  र ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक,  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको