Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, १२ : ५३ मा प्रकाशित

नेप्सेमा ५ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ५ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड र सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडको शेयर सूचिकृत भएको हाे ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड = सहयोगि विकास बैंकलाई प्राप्ति गरेपश्चातकाे ४६ लाख ७६ हजार २०५ दशमलव ७४ कित्ता शेयर

२. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड = १ कराेड कित्ता साधारण शेयर (आइपिओ)

३. महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड =  २ लाख ४ हजार कित्ता बाेनस शेयर

४. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड = आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर

५. मेगा बैंक नेपाल लिमिटेड = गण्डकी विकास बैंकलाई प्राप्ति गर्दा कायम हुन आएकाे २ कराेड ७५ लाख कित्ता शेयर

हेर्नुहाेस् तालिका :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको