Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
शुक्रबार थप १५१ जना डिस्चार्ज
शुक्रबार, १६ साउन २०७७

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शुक्रबार) कोरोना भाइरसबाट संक्रमित थप १५१ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १५१ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । संक्रमित मध्ये ७२.८ प्रतिशत डिस्चार्ज भएका हुन् ।

 

 

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved