Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासन गरेको साधना लघुवित्तको अधिकांश सूचकमा सुधार (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १० : २५ मा प्रकाशित

आइपिओ निष्कासन गरेको साधना लघुवित्तको अधिकांश सूचकमा सुधार (विवरणसहित)

अर्थ संसार, काठमाडौं –  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा १५१ प्रतिशतले बढेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ६० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा १९६ दशमलव ६८ प्रतिशतले धेरै हाे । यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन नाफा पनि ४१ दशमलव ६६ प्रतिशतले बढेर ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेकाे छ । 

लघुवित्तले गत असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको थियाे । हाल उक्त आईपीओ नेप्सेमा सूचीकरणकाे प्रक्रियामा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको