Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १४ : १२ मा प्रकाशित

बैंक अफ काठमाण्डूद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार,काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ५१ हजार रूपैयाँ बराबरकाे आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन भएका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आईरहेका छन् । बैंकको कर्मचारी संघका अध्यक्ष अरूण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरूप उक्त सहयोग रकम हस्तान्तरण गरीएको र अन्य बैंक तथा वित्तिय संस्थाहरूलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । 

बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक सँगै अग्र स्थानमा रही सेवा गरीरहेको छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको