Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १५ : ४२ मा प्रकाशित

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग

अर्थ संसार, काठमाडौं – नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई (गंगालाल अस्पताल) सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिइ सेट) सहयोग गरेको छ । 

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पिपिई सेट हस्तान्तण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई सेट अस्पताललाई दिएको हो । नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य रहेकाे सिइओ टासीले बताए । 

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि सय थान पिपिई सेट सहयोग गरेको थियो । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको