Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १६ : ४० मा प्रकाशित

कोरोना संक्रमणबाट थप एककाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिलाकाे कोरोना भाइरसकाे संक्रमणबाट हिजाे साउन १७ गते शनिबार मृत्यु भएको हो । ज्वरो खोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पताल लैजाने क्रममा नै मृत्यु भएको हाे ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको